ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2026.10

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0048087 更新日:2026年10月14日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:ネパールからの問い-(2) 【नेपालबाट आएको प्रश्न- (२)】

 

               ~「水」を通して、地球の自然をいっしょに守ろう~
前回のコラムでは、ネパールで起きた大洪水についてお話ししました。
地球の気温が上昇することで、私たち人間の暮らしだけでなく、植物や動物たちの「家(すみか)」である自然環境も大きな影響を受けています。大雨による洪水が起こる一方で、雨が少なく水が足りなくなる地域もあります。
今回は、この問題を遠い国の出来事として考えるのではなく、私たちが暮らす行橋市や日本の自然、そして私たちの日々の生活に関わる問題として、一緒に考えてみたいと思います。
行橋の「水不足」と、東京・千葉の「大雨」
ネパールで大洪水が起きた一方、反対に私たちが暮らす行橋市では、「水不足」が心配されています。
行橋市の水源の一つである油木ダムでは、2026年2月に貯水量が少なくなりました。その後、雨が降ったものの貯水量の回復には至らず、水の大切さを改めて考えさせられる状況が続いています。
また、日本の別の地域では大雨が長く続いたり、台風などによって河川が増水したり、浸水や土砂災害など、私たちの生活に大きな影響を及ぼすなど、これとは正反対の問題が起きています。
「水が足りない」という問題と、「雨が多すぎる」という問題。一見すると正反対のようですが、どちらも私たちの暮らしと自然に深く関係しています。
気候の変化によって、雨の降り方や水の循環が変われば、山や森林、川、そして、そこに暮らす生き物たちにも影響が及びます。水は人間だけのものではありません。森の木々も、川の魚も、鳥や昆虫などの小さな生き物も、みんな水に支えられて生きています。
自然を守るために、私たちができること
では、私たち一人ひとりには、何ができるのでしょうか。
まず、毎日の生活の中で「水を大切に使う」ことです。
歯を磨くときやシャンプーをするときには、必要のない間は水道の水を止める。お風呂の残り湯を洗濯や掃除などに活用する。このような小さな工夫でも、みんなで続ければ大きな力になります。
また、水だけでなく、エネルギーや資源を大切にすることも、自然を守ることにつながります。使っていない部屋の照明を消したり、必要のない電化製品の電源を切ったりすること。マイバッグやマイボトルを使い、使い捨てのプラスチック製品の利用を減らすこと。ごみを正しく分別し、食べ物を必要以上に捨てないこと。ベランダや庭などに地域の自然に合った植物を育てることも、身近な生き物の居場所を守る一歩になります。
「もしも」の大雨に備える
自然を守ることは、自然災害について知ることでもあります。
行橋市には、今川や祓川など、さまざまな生き物が暮らす川があります。普段は穏やかな川でも、大雨が降ると短時間で水位が上がり、危険な場所になることがあります。
そこで、日頃からハザードマップを確認し、自宅や学校、職場の周辺にどのような危険があるのか、避難する場所や経路はどこなのかを家族や身近な人と話し合っておくことが大切です。
自然の力を正しく知り、「もしも」に備えることは、自分や大切な人の命を守るだけでなく、地域の自然と上手に付き合っていくための第一歩でもあります。
地球の仲間として生きる
ネパールの山々に暮らすユキヒョウや珍しい鳥たちも、日本の川や森に暮らす生き物たちも、そして行橋に暮らす私たちも、同じ地球の水と自然の恵みを分け合って生きています。
「自分一人が頑張っても、何も変わらない」と思うことがあるかもしれません。
しかし、水を大切にすること、エネルギーを無駄にしないこと、ごみを減らすこと、自然について知ること、そして災害に備えること。一つひとつは小さな行動でも、多くの人が続ければ、それは地域を、そして地球を守る大きな力になります。
自然を守ることは、特別なことをすることだけではありません。今日使う水を少し大切にすること。身近な川や山の自然に目を向けること。そして、遠い国で起きている出来事にも関心を持つこと。
ネパールからの「問い」をきっかけに、私たちの暮らしと地球の未来について、一緒に考えてみませんか。
人間のためだけではなく、この地球で生きるすべての命のために。まずは、自分の生活の中でできることから始めてみましょう。


~ "पानी" मार्फत पृथ्वीको प्रकृतिलाई सँगै जोगाइराखौं~

अघिल्लो स्तम्भमा, मैले नेपालमा भएका ठूला बाढीहरूको बारेमा कुरा गरेकी थिएँ।
पृथ्वीको तापक्रम बढ्दै जाँदा, हाम्रो मानव जीवन मात्र प्रभावित हुँदैन, तर प्राकृतिक वातावरण, जुन बोटबिरुवा र जनावरहरूको "घर", अर्थात् प्राकृतिक वासस्थानमा पनि ठूलो असर परिरहेको छ। कतै भारी वर्षाका कारण बाढी आउँछ भने, त कतै वर्षा कम भएर पानीको अभाव हुन्छ।
यस पटक, यो समस्यालाई कुनै टाढाको देशमा मात्र भइरहेको घटनाको बारेमा नभई, हामी बस्ने युकुहासी सहर, जापान र हाम्रो आफ्नै दैनिक जीवनसँग सम्बन्धित विषयका रूपमा सोचौँ।

युकुहाशीको "पानीको अभाव" र टोकियो-चिबाको "भारी वर्षा"
नेपालमा ठूलो बाढी आएको समयमा, यसको विपरित हामी बसोबास गर्ने युकुहाशी शहरमा भने "पानीको अभाव" को चिन्ता भइरहेको छ। युकुहाशी शहरको पानीको मुख्य स्रोतहरू मध्ये एक रहेको 'अबुराकी ड्याम' मा सन् २०२६ को फेब्रुअरीमा पानीको मात्रा निकै कम भएको थियो। त्यसपछि पानी त पर्यो, तर ड्याममा पानीको मात्रा पर्याप्त रूपमा सुधार हुन सकेन। यसले गर्दा पानीको महत्त्वबारे हामीलाई पुनः गम्भीरतापूर्वक सोच्न बाध्य बनाउने परिस्थिति निरन्तर चलिरहेको छ।
यसैबीच, जापानका अन्य क्षेत्रहरू (जस्तै टोकियो र चिबा) मा लामो समयसम्म भारी वर्षा हुने, टाइफुन (ठूलो आँधी) का कारण नदीहरूमा पानीको बहाव बढ्ने, बाढी आउने र पहिरो जाने जस्ता समस्याहरू भइरहेका छन्, जसले हाम्रो दैनिक जीवनमा ठूलो असर पारिरहेको छ। 
"पानीको अभाव" र "अत्यधिक वर्षा" — यी दुई समस्याहरू हेर्दा ठ्याक्कै विपरित देखिए तापनि, दुवै हाम्रो जीवन र प्रकृतिसँग गहिरो रूपमा जोडिएका छन्। जलवायु परिवर्तनका कारण वर्षाको तरिका र जलचक्र (water cycle) बदलियो भने पहाड, वनजंगल, नदीनाला र त्यहाँ बस्ने जीवजन्तुहरूमा पनि असर पर्छ। पानी मानिसको लागि मात्र होइन। जंगलका रूखहरू, नदीका माछाहरू, चराचुरुङ्गी र कीराफट्याङ्ग्रा जस्ता साना जीवहरू पनि पानीकै सहारामा बाँचिरहेका छन्।

प्रकृतिको रक्षाको लागि हामीले गर्न सक्ने कुराहरू
त्यसोभए, हामी प्रत्येकले के गर्न सक्छौं त?
पहिलो कुरा, हाम्रो दैनिक जीवनमा "पानीको जगेर्ना गर्ने र यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने" हो। दाँत माझ्दा वा स्याम्पू गर्दा आवश्यक नभएको बेला धारा बन्द गर्ने। नुहाएर बाँकी रहेको पानीलाई लुगा धुन वा सरसफाइमा प्रयोग गर्ने। यस्ता साना-साना प्रयासहरू पनि सबैले मिलेर निरन्तर गरेमा ठूलो शक्ति बन्न सक्छ।
यसका साथै, पानी मात्र नभई ऊर्जा र स्रोतसाधनको बचत गर्नु पनि प्रकृतिको रक्षा गर्नु हो। प्रयोगमा नभएको कोठाको बत्ती निभाउने र आवश्यक नपर्ने विद्युतीय सामानहरूको पावर बन्द गर्ने। आफ्नै झोला (My Bag) र बोटल (My Bottle) प्रयोग गरेर एकपटक मात्र प्रयोग हुने प्लास्टिकका सामानहरूको खपत कम गर्ने। फोहोरलाई सही तरिकाले वर्गीकरण गर्ने र खानालाई आवश्यकताभन्दा बढी नफ्याँक्ने। आफ्नो बरण्डा वा बगैंचामा स्थानीय प्रकृति सुहाउँदो बोटबिरुवा हुर्काउनु पनि वरपरका जीवजन्तुहरूको बासस्थान जोगाउने एउटा कदम हो।

"अकस्मात" आउने भारी वर्षाको तयारी
प्रकृतिको रक्षा गर्नु भनेको प्राकृतिक विपत्तिहरूका बारेमा थाहा पाउनु पनि हो। युकुहाशी शहरमा इमागावा र हाराइगावा जस्ता नदीहरू छन्, जहाँ विभिन्न जीवजन्तुहरू बस्छन्। सामान्य अवस्थामा शान्त देखिने यी नदीहरूमा पनि भारी वर्षा हुँदा छोटो समयमै पानीको सतह बढेर खतरनाक ठाउँ बन्न सक्छन्।
त्यसैले, दैनिक रूपमा 'हाजार्ड म्याप' (Hazard Map - जोखिम नक्सा) चेक गर्ने र आफ्नो घर, विद्यालय वा कार्यस्थल वरपर कस्ता खतराहरू छन्, तथा सुरक्षित ठाउँ र जाने बाटो कहाँ छ भन्ने कुरा परिवार र छरछिमेकीसँग पहिल्यै छलफल गरेर राख्नु महत्त्वपूर्ण हुन्छ। प्रकृतिको शक्तिलाई सही रूपमा बुझ्नु र "भवितव्य" का लागि तयारी गर्नुले आफ्नो र आफ्ना प्रियजनहरूको ज्यान जोगाउन मात्र मद्दत गर्दैन, बरु स्थानीय प्रकृतिसँग सन्तुलन मिलाएर बस्ने पहिलो कदम पनि हो।

पृथ्वीका साथीका रूपमा सँगै बाँच्ने
नेपालका पहाडहरूमा बस्ने हिउँचितुवा र दुर्लभ चराचुरुङ्गीहरू हुन् वा जापानका नदी र जंगलमा बस्ने जीवजन्तुहरू, र युकुहाशीमा बस्ने हामी मानिसहरू — हामी सबैले यसै पृथ्वीको पानी र प्रकृतिको वरदान बाँडेर बाँचिरहेका छौं।
कहिलेकाहीं हामीलाई लाग्न सक्छ, "मैले एक्लैले प्रयास गरेर के नै परिवर्तन होला र?"
तर, पानी बचाउने, ऊर्जा खेर नफाल्ने, फोहोर कम गर्ने, प्रकृतिको बारेमा बुझ्ने र विपद्को तयारी गर्ने जस्ता प्रत्येक साना कार्यहरू धेरै मानिसहरूले निरन्तर गरिरहेमा, यसले समुदाय र सिङ्गो पृथ्वीलाई जोगाउने ठूलो शक्ति बन्नेछ।
प्रकृतिको रक्षा गर्नु भनेको कुनै विशेष काम गर्नु मात्र होइन। आज प्रयोग गर्ने पानीलाई अलिकति कदर गर्नु, आफ्नो वरपरका नदी र पहाडका प्रकृतिमा ध्यान दिनु, र टाढाको देशमा भइरहेका घटनाहरूमा पनि चासो राख्नु हो।
नेपालबाट आएको यो "प्रश्न" लाई एउटा अवसर मानेर, हाम्रो जीवनशैली र पृथ्वीको भविष्यका बारेमा सँगै विचार गर्ने कि?
मानिसका लागि मात्र होइन, यस पृथ्वीमा बस्ने सम्पूर्ण जीवित प्राणीहरूका लागि। आउनुहोस्, सर्वप्रथम आफ्नो दैनिक जीवनमा गर्न सकिने साना कुराहरूबाटै सुरुवात गरौं।

​