本文
国際交流員コラム2026.6
コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」
テーマ:【続き】抗議の先へ:若者たちが動かした新しい政治 【जारी】आन्दोलनपछि: युवाहरूले अगाडि बढाएको नयाँ राजनीति
激しい衝突が起きた後、ネパールの政治は一気に動き出しました。
■ 首相の辞任と暫定政府の発足
デモが激しくなったことを受け、当時のK.P.シャルマ・オリ首相は2025年9月9日に辞任を発表しました。国民、特に若い世代の強い怒りが、これまでの政治体制を終わらせたのです。その後、混乱した国を立て直すために、新しい「暫定(ざんてい)政府」が作られることになりました。
■ ネットで選ばれた「信頼できるリーダー」
ここで驚くべきことが起こりました。特定の指導者がいなかったZ世代の若者たちは、SNSやチャットアプリを使い、オンライン上で「自分たちが誰を信じるか」を話し合い、投票を行ったのです。
そこで圧倒的な支持を集めたのが、スシラ・カルキ氏でした。彼女はかつて最高裁判所のトップ(長官)を務めた人物で、権力に屈せず、汚職(おしょく)などの不正を厳しく裁いてきたことで知られていました。腐敗した政治に絶望していた若者たちにとって、彼女こそが「最もクリーンで信頼できる大人」だったのです。
■ 女性初の首相誕生と改革の始まり
2025年9月、若者たちの強い希望を受ける形で、カルキ氏はネパール史上初の女性首相に就任しました。彼女の政府は、すぐに若者たちの声に応えるための改革を始めました。政治家たちの不正な資産調査を進めるだけでなく、2026年3月に国民の声を正しく反映させるための新しい総選挙を行うことを決めたのです。
■ 新しい時代の幕開け
2026年3月に行われた選挙では、若者たちがこれまでにないほど熱心に投票へ行きました。その結果、古い政治の仕組みは大きく変わり、若い世代の考えを大切にする新しい勢力が次々と選ばれました。
■ まとめ
2025年のネパールの動きは、ただの反対運動ではありませんでした。それは、若者たちがデジタルの力で自分たちのリーダーを選び、民主的な方法で「自分たちの未来」を勝ち取った物語です。
「不正を許さず、自分たちの手で社会を良くしたい」という彼らの強い願いは、今もネパールの新しい国づくりを力強く支えています。
झडपपछि, नेपालको राजनीतिक अवस्थामा तीव्र परिवर्तन हुनथाल्यो।
■ प्रधानमन्त्रीको राजीनामा र अन्तरिम सरकारको गठन
आन्दोलन उग्र भएपछि, त्येतिबेलाका प्रधानमन्त्री के.पी. शर्मा ओलीले ९ सेप्टेम्बर २०२५ मा राजीनामा घोषणा गरे। जनताको, विशेषगरी युवा पुस्ताको तीव्र आक्रोशले पुरानो राजनीतिक व्यवस्था अन्त्य गर्यो। त्यसपछि, अव्यवस्थित देशलाई पुन: व्यवस्थित गर्न नयाँ "अन्तरिम सरकार" गठन गरियो।
■ इन्टरनेटमार्फत छनोट गरिएको "विश्वसनीय नेता"
यहाँ एउटा आश्चर्यजनक कुरा भयो। कुनै निश्चित नभएका 'जेन जी' (Z-Generation) पुस्ताका युवाहरूले सामाजिक सञ्जाल र च्याट एपहरू प्रयोग गरेर अनलाइनमै "हामी कसलाई विश्वास गर्छौं?" भन्ने विषयमा छलफल र मतदान गरे।
यस प्रक्रियामा अत्याधिक समर्थन पाउने व्यक्ति थिइन्, सुशीला कार्की। उनी पूर्व प्रधानन्यायाधीश हुन्, जसले शक्तिको दबाबमा नपरी भ्रष्टाचार जस्ता अनियमिततामाथि कडा निर्णय गरेकोमा परिचित थिइन्। भ्रष्ट राजनीतिक व्यवस्थाबाट निराश भएका युवाहरूका लागि उनी "सबैभन्दा स्वच्छ र विश्वासयोग्य" थिइन् ।
■ नेपालको पहिलो महिला प्रधानमन्त्री र सुधारको सुरुवात
सेप्टेम्बर २०२५ मा, युवाहरूको बलियो चाहनालाई सम्मान गर्दै कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन्। उनको सरकारले तुरुन्तै युवाहरूको आवाजलाई सम्बोधन गर्न सुधारका कामहरू सुरु गर्यो। नेताहरूको अवैध सम्पत्तिको अनुसन्धान मात्र होइन, मार्च २०२६ मा जनताको आवाज सही रुपमा प्रतिबिम्बित गर्न नयाँ आमनिर्वाचन गर्ने निर्णय पनि गरियो।
■ नयाँ युगको सुरुवात
मार्च २०२६ मा भएको निर्वाचनमा युवाहरूले पहिलेभन्दा धेरै सक्रिय रुपमा मतदान गरे। त्यसको परिणामस्वरूप पुरानो राजनीतिक संरचना ठूलो रूपमा परिवर्तन भयो र युवाहरुको विचारलाई महत्व दिने नयाँ शक्ति एकपछि अर्को निर्वाचित भएको छ।
■ निष्कर्ष
२०२५ मा नेपालको यो कदम केवल एउटा विरोध प्रदर्शन मात्र थिएन। यो युवाहरूले डिजिटल माध्यम प्रयोग गरेर आफ्ना नेता आफैं छानेको र लोकतान्त्रिक विधिबाट "आफ्नो भविष्य" हासिल कथा हो।
"अनियमितता स्वीकार नगर्न र आफ्नै हातले समाज सुधार्ने" उनीहरूको बलियो इच्छाशक्तिले आज पनि नेपालको नयाँ राष्ट्र निर्माणलाई बलियो साथ दिइरहेको छ।






