本文
国際交流員コラム2025.12
コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」
テーマ:行橋市国際交流員の活動 ―1(युकुहाशी सहरको अन्तर्राष्ट्रिय आदान-प्रदान अधिकृतको गतिविधि – १)
私の現在の活動を紹介します。国際交流員として、母国の生活、文化や習慣などの紹介を通して地域の皆様と交流し、国際的な感覚や理解を深めたりするお手伝いをしています。セミナーやイベントの開催に加え、市役所外での活動も行っています。まずは、その活動の一つをご紹介します。
・英語絵本の会 [会場:リブリオ行橋(行橋市図書館等複合施設)]
月に一度、第4木曜日にリブリオ行橋で開催される「英語絵本の会」に参加しています。この会は2013年に発足し、「もっと気楽に英語を声に出そう」をモットーに活動を続けている団体です。活動の醍醐味は、大人が改めて絵本の良さに気づき、異文化への理解も深められることです。
例会の前半は、「3階スタジオB」に集まり、大人同士で英語の絵本を読んで感想を述べあったり、疑問点を出し合ったりします。後半は「2階のキッズルーム」で、子供たちへの読み聞かせを行います。メンバーの皆さんは、英語の絵本の面白さをたくさんの人に知ってもらいたい、そして子供たちにもっと英語を身近に感じてほしいという思いで活動をしています。
子供達と触れ合っていると、時間を忘れてしまうほど楽しい場所です。メンバーの皆さんは子供が大好きで、とても打ち解けやすい方ばかりです。また、読み聞かせのスタイルが一人ひとり全く異なるところも私のお気に入りです。優しいお母さんのような声で読む人もいれば、本の世界に合わせてたくさん笑わせてくれる人もいます。毎回とても勉強になります。
子供が英語を理解できるかどうかを心配する必要はありません。まずは一度、お子様と一緒に参加してみてください。大人だけの参加も大歓迎です。
※お申し込みの必要はございません。参加費も無料です。
開始時間:
1)前半:13時15分~14時40分ー3階スタジオB 2)後半:14時45分~15時ー2階キッズルーム
・英語絵本の会 [会場:リブリオ行橋(行橋市図書館等複合施設)]
[前半:3階スタジオB] [後半:2階のキッズルーム]
म मेरो अहिले सम्म गरिरहेको गतिविधिहरू परिचय दिन चाहन्छु। अन्तर्राष्ट्रिय आदान -प्रदान अधिकृतको रूपमा, आफ्नो देशको जीवनशैली, संस्कृति र रीतिरिवाजहरूको परिचय मार्फत स्थानीय बासिन्दाहरुसँग अन्तर्क्रिया गरि, अन्तर्राष्ट्रिय संवेदनशीलता र बुझाइलाई गहिरो बनाउनमा मद्दत गरिरहेको छु। सेमिनार तथा कार्यक्रमहरुको आयोजना गर्नुको साथै, नगरपालिका बाहिर पनि विभिन्न गतिविधिहरु सञ्चालन गर्छु। सबैभन्दा पहिले, ती गतिविधि मध्ये एक गतिविधिको परिचय गराउँछु।
・अंग्रेजी चित्रकथा क्लब [स्थान: लिब्रियो युकुहाशी (युकुहाशी सिटी पुस्तकालय तथा बहुउद्देश्यीय सुविधा)]
म प्रत्येक महिनाको चौथो बिहिबार लिब्रियो युकुहशीमा आयोजना हुने "अंग्रेजी चित्रकथा क्लब" मा सहभागी हुन्छु। यो क्लब सन् 2013 मा स्थापना (सुरु) गरिएको हो, र "अंग्रेजीलाई थप सहज रुपको आवाजमा व्यक्त गरौँ" भन्ने उद्देश्यका साथ निरन्तर सञ्चालन हुँदै आएको छ। यस गतिविधिको विशेषता भनेको वयस्कहरुले पुन: चित्रकथाको रमाइलोपन र गहिरो अर्थहरू पहिचान गर्न सक्ने, साथै भिन्न ‐भिन्न संस्कृतिहरु प्रति बुझाइ र सम्मानलाई अझ बढाउन सकिने अवसर पाउनु हो।
क्लबको सुरुवातमा हामी "तेस्रो तलाको स्टुडियो B" मा भेला हुन्छौँ। त्यहाँ वयस्कहरु मिलेर अंग्रेजी चित्रकथा पद्छौँ, आफ्नो अनुभूति साटासाट गर्छौँ, र आएका जिज्ञासाहरु एक आपसमा छलफल गर्छौँ। त्यस पछि "दोस्रो तलाको किड्स रुम" मा गएर बालबालिकालाई चित्रकथा सुनाइने गरिन्छ। सदस्यहरु सबैले, अंग्रेजी चित्रकथाको रोचकता धेरै मानिससम्म पुगोस् र बालबालिकाले अंग्रेजीलाई अझ नजिकबाट महसुस गर्न सकून् भन्ने चाहनासहित यो गतिविधि सञ्चालन गरिरहेको छम्।
बालबालिकासँग बस्दा समय कसरि बित्छ थाहा नै हुँदैन - यति रमाइलो ठाउँ हो। सदस्यहरु सबै बालबालिका प्रेमी हुनुहुन्छ, र सबैसँग एकदम सहज रुपमा घुलमिल हुन सकिन्छ। साथै, हरेक सदस्यको चित्रकथा पढ्ने शैली एकदमै फरक - फरक हुनु पनि मेरो मनपर्ने पक्ष हो। कोहि आमा जस्तै कोमल आवाजमा पढ्नुहुन्छ भने, कोहि चाहिँ कथाको माहोलअनुसार धेरै हँसाउने शैलीले अपनाउने पनि हुनुहुन्छ। हरेकपटक म यहाँबाट धेरै कुरा सिक्न पाउँछु।
आफ्नो बच्चाहरुले अंग्रेजी बुझ्न सक्दैनन् भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन। पहिला एकपटक, आफ्नो बच्चा सँगै सहभागी भएर वातावरण अनुभूति गरेर हेर्नुहोस्। वयस्क मात्र सहभागीतालाई पनि हामी हार्दिक स्वागत गर्दछौँ।
(※तपाईंले आवेदन गर्नुपर्ने आवश्यक छैन, र सहभागिता शुल्क पनि नि:शुल्क छ।)
सुरु हुने समय:
१) दिउँसो १:१५ - २:४० - तेस्रो तलाको स्टुडियो B २) दिउँसो २:४५ - ३:०० - दोस्रो तलाको किड्स रुम
・अंग्रेजी चित्रकथा क्लब [स्थान: लिब्रियो युकुहाशी (युकुहाशी सिटी पुस्तकालय तथा बहुउद्देश्यीय सुविधा)]






