ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2025.8

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0038874 更新日:2025年8月1日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ: 名前  (नाम)

自分の名前がどのように付けられたのか、誰が付けてくれたのか、そしてなぜその名前を選んだのか、疑問に思ったことはありませんか? もちろん、私達の多くはその答えを知っています。それはおそらく両親や祖父母などから与えられたものではないでしょうか?彼らは、何らかのインスピレーション、成長、希望など様々な願いを込めて、意味のある名前を子供につけているのだと思います。ネパールには、このような名前を付けることに関して独特の命名儀式があります。

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंको नाम कसरी छानियो, तपाईंलाई कसले दियो, र  त्यो नाम किन रोज्नुभयो? अवश्य पनि, हामीमध्ये धेरैलाई यसको उत्तर थाहा छ। यो सम्भवतः हाम्रा आमाबाबु, हजुरबा हजुरआमा, आदि द्वारा हामीलाई दिइएको हो। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंको नाम कसरी छानियो, तपाईंलाई कसले दियो, र  त्यो नाम किन रोज्नुभयो? अवश्य पनि, हामीमध्ये धेरैलाई यसको उत्तर थाहा छ। यो सम्भवतः हाम्रा आमाबाबु, हजुरबा हजुरआमा, आदि द्वारा हामीलाई दिइएको हो। उनीहरू आफ्ना बच्चाहरूलाई प्रेरणा, वृद्धि, आशा, आदि जस्ता विभिन्न इच्छाहरूसहित अर्थपूर्ण नाम दिएका हुन्। यस प्रकारको नाम राखनको लागि नेपालमा एउटा अनौठो नामकरण समारोह छ।

その儀式はヌワランと言います。ヌワランは、主にネパール人のヒンドゥー教によって祝われる伝統的な命名儀式です。古来、経典にも記されているように、子どもの誕生から10日目は成長期とされており、この儀式は11日目に行われていた可能性があります。儀式に詳しい学者たちは、縁起の良い星座や縁起の良い日にこの儀式を行うのが適切だと考えています。場合によっては、何らかの理由で生後21日目または41日目にヌワランの儀式を行うこともあります。子供の名前は、家族の占星術師や司祭が作成した月の占星術(ジャンマ・クンダリ)に基づいて決定されます。通常、母親が自宅で子供とともにまだ回復中であることから、自宅で儀式を行うために司祭が招かれます。母親と子供が(宗教的な意味で、過去の誕生などから)「浄化」されるまで、寺院を訪れるべきではありません。司祭は子供の出生の詳細から月の星占い,名前などを見つけます。

यस समारोहलाई न्वारन भनिन्छ। नुवारान मुख्यतया नेपाली हिन्दूहरूले मनाउने परम्परागत नामकरण समारोह हो। परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औँ दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औँ दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ। कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।कुनै अवस्थामा यदि कुनै कारणवश जन्मको २१ वा ४१ औं दिनमा पनि न्वारन गर्न सकिन्छ। केही मानिसहरूले ११ औँ दिनमा पनि न्वारन समारोह गर्छन्। बच्चाको नाम परिवारका ज्योतिषी वा पुजारीले तयार पारेको चन्द्र राशिफल (जन्म कुंडली) को आधारमा तय गरिन्छ। सामान्यतया, आमा अझै पनि आफ्नो बच्चासँग घरमा  निको भइरहेकी हुनाले, घरमा समारोह गर्न पुजारीलाई ल्याइन्छ। जबसम्म आमा र बच्चा "शुद्ध" हुँदैनन् (धार्मिक अर्थमा, विगतको जन्मबाट, आदि), उनीहरूले मन्दिर जानु हुँदैन। पुजारीले बच्चाको जन्म विवरणबाट , चन्द्र राशिफल, नाम, आदि पत्ता लगाउनेछन्।

ヌワランの間、赤ちゃんは沐浴し、清潔を保ち、新品または洗濯した後の服を着せられます。司祭は様々な儀式を行い、マントラ(サンスクリットで、本来的には「文字」「言葉」を意味します。真言と漢訳され、大乗仏教、特に密教では仏に対する讃歌や祈りを象徴的に表現した短い言葉を指します。)を唱えて赤ちゃんと家族を祝福します。儀式は通常、東または西に面した、清潔な空間で行われます。神々に供物を捧げ、時にはこの機会を祝う小さな祝宴が催されます。一部の家庭では、この日は家と母親を清める日でもあります。ヌワランで授けられた名前は、一般的に私的なものとして扱われ、日常生活では使用されません。結婚、成人式、家族間の交流など、様々な儀式で使用されます。公の場では両親によって与えられた名前を使います。ヌワランの名前は、誰にも気軽に教えません。いわれば秘密の名前みたいなものです。この伝統的な命名儀式が重要なのは、ヴェーダ占星術によって決定または選択された名前が、子供の運命、健康、幸福に影響を与えると信じられているからです。このことから、ネパールのヒンドゥー教には 2つの名前があることが分かります。

नुवारानको समयमा, बच्चालाई नुहाइन्छ, सफा राखिन्छ, र नयाँ वा धोइएका लुगा लगाइन्छ। पुजारीले विभिन्न अनुष्ठानहरू गर्छन् र मन्त्र जप गरेर बच्चा र परिवारलाई आशीर्वाद दिन्छन्। यो समारोह सामान्यतया पूर्व वा पश्चिम तर्फ फर्केर सफा ठाउँमा हुन्छ। देवताहरूलाई भेटी चढाइन्छ, र कहिलेकाहीँ यो अवसर मनाउन सानो भोज आयोजना गरिन्छ। केही परिवारहरूमा, यो दिन घर र आमालाई शुद्ध गर्ने दिन पनि मानिन्छ। नुवारानको समयमा बच्चालाई दिइएको नाम सामान्यतया निजी मानिन्छ र दैनिक जीवनमा प्रयोग गरिँदैन। यो विवाह, ब्रतबन्ध, गुन्यु चोलो र पारिवारिक अन्तरक्रिया जस्ता विभिन्न समारोहहरूमा प्रयोग गरिन्छ। सार्वजनिक रूपमा, आमाबाबुले दिएको नाम प्रयोग गरिन्छ। नुवारानको नाम कसैसँग सजिलै साझा गरिँदैन। भन्नुपर्दा, यो एउटा गोप्य नाम जस्तै हो। यो परम्परागत नामकरण समारोह महत्त्वपूर्ण छ किनकि वैदिक ज्योतिष मार्फत निर्धारण गरिएको वा छनौट गरिएको नामले बच्चाको भाग्य, स्वास्थ्य र खुशीलाई प्रभाव पार्छ भन्ने विश्वास गरिन्छ। यसबाट हामी देख्न सक्छौं कि नेपाली हिन्दूको दुईवटा नाम छ।