ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2025.7

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0038109 更新日:2025年7月1日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:クマリ(生き神)その2कुमारी (जीवित देवी) भाग २

選ばれた少女は「クマリ・ガル(Kumari Ghar)」という特別な宮殿に住み、日常生活は一般的な子供と大きく異なります。外出は非常に限られ、常に儀式的な装束をまとい、公共の場で歩くことすら許されず、抱えられて移動します。また、彼女の表情や動きの一つ一つが神からの伝言とされています。特にインドラジャトラやクマリ・ジャトラといった祭りの際には、大勢の人々が彼女の祝福を求めて集まります。特定の表情や行動は、現在の状況や未来を暗示すると信じられています。例えば、無表情で供物を受け取ってくれたら、その人の願いが叶う兆しと解釈されます。同様に、泣いたり笑ったりするのは、病気や死の兆しだと言われています。また、クマリの涙は、国家の悲劇の兆しと解釈されていることもあります。クマリの表情にそのような意味があると誰もが信じているのではなく、人間としての自然な反応だと主張する人も多くいます。

छानिएका केटी "कुमारी घर" भनिने विशेष दरबारमा बस्छन् र उनको दैनिक जीवन सामान्य बालबालिकाको भन्दा धेरै फरक हुन्छ। बाहिर निस्कने उनको क्षमता अत्यन्तै सीमित हुन्छ, उनले सधैं औपचारिक पोशाक लगाउनुपर्छ, र सार्वजनिक रूपमा हिँड्न पनि अनुमति छैन; उनलाई बोकेर हिँडाल्ने गर्छन। यसबाहेक, उनको हरेक अनुहारको भाव र चाललाई भगवानको सन्देश मानिन्छ। विशेष गरी इन्द्रजात्रा र कुमारीजात्रा जस्ता चाडपर्वहरूमा उनको आशीर्वाद लिन मानिसहरूको ठूलो संख्यामा भेला हुन्छन्। केहि अनुहारका भाव र कार्यहरूले वर्तमान परिस्थिति र भविष्यका घटनाहरूको सूचक हो भनि विश्वास गरिन्छ। उदाहरणको लागि, कुनै अभिव्यक्ति नदिई भेटि लियोभने इच्छा पूरा हुने संकेतको रूपमा व्याख्या गरिन्छ। त्यसैगरी, रुनु वा हाँस्नुलाई रोग(बिमारी ) वा मृत्यु हुनेको संकेत भनिन्छ। साथै, कुमारीको आँसुलाई राष्ट्रिय त्रासदीको(दुःखद घटना) संकेतको रूपमा पनि व्याख्या गरिन्छ। कुमारीको अनुहारको भावले त्यस्तो केही अर्थ राख्छ भन्ने कुरा सबैले विश्वास गर्छन भन्ने होइन, यो एक प्राकृतिक मानवीय प्रतिक्रिया हो भनेर दावी गर्ने पनि धेरै छन्।

しかし、同じ少女がクマリとして永遠に存在するわけではありません。彼女が初潮を迎えた時点で神性を失います。そこでクマリとしての役目を終えるまたは退職になり、新しいクマリに交代します。その後、彼女は通常の生活に戻るのですが、この移行は心理的にも社会的にも困難であると聞いています。昔、元クマリと結婚すると不幸になるという迷信もあり、過去には結婚が困難だったケースもあったそうです。ただし、現代ではそのような状況はなくなりました。クマリ信仰はネパール文化的・宗教的アイデンティティの象徴とも言える存在です。その背景には、ヒンドゥー教と仏教の女神信仰が融合したネパール特有の宗教観があります。

तर, एउटै केटीनै कुमारी भएर सधैंभरि अवस्थित रहँदैनन् । पहिलो महिनावारी हुने बित्तिकै उनले आफ्नो दिव्यता गुमाउँछिन्। त्यसपछि उनी कुमारीको रूपमा आफ्नो कर्तव्य पूरा गर्छिन् वा अवकाश लिन्छिन् र उनको ठाउँमा नयाँ कुमारी आउँछिन्। त्यसपछि, उनी आफ्नो सामान्य जीवनमा फर्किन्छिन्, तर मैले सुनेको छु कि यो संक्रमण मनोवैज्ञानिक र सामाजिक दुवै रूपमा उनलाई गाह्रो पर्दो रहेछ। विगतमा, पहिलेकी कुमारीहरुसँग विवाह गर्दा दुर्भाग्य हुन्छ भन्ने अन्धविश्वास पनि हुन्थ्यो, र विगतमा विवाह गर्न कठिन् भएको घटनाहरू पनि रहेछ। तर, आधुनिक समयमा यो अवस्था छैन। कुमारी धर्म नेपालको सांस्कृतिक र धार्मिक पहिचानको प्रतीक हिस्सा भन्न सकिन्छ। यसको पृष्ठभूमि हिन्दू र बौद्ध देवी पूजाको संयोजन गरेको नेपालको एउटा विशिष्ट धार्मिक दृष्टिकोण हो।

このように、クマリは単なる伝統的存在ではなく、ネパール社会に深く根ざした宗教的・文化的象徴であり、その制度は現代社会においても国内外を問わず多くの問いを投げかけています。神聖性と人間性のはざまで生きるクマリの姿は、現代と伝統の交差点にあるネパール文化を象徴していると言えるでしょう。

यसै गरि , कुमारी केवल परम्परागत व्यक्ति मात्र होइन, तर नेपाली समाजमा गहिरो जरा गाडेको धार्मिक र सांस्कृतिक प्रतीक हो, र यो संस्थाले स्वदेश र विदेश दुवैमा आधुनिक समाजमा धेरै प्रश्नहरू उठाएको छ। देवत्व र मानवताको बीचमा रहेको कुमारीको जीवनलाई आधुनिकता र परम्पराको दोबाटोमा नेपाली संस्कृतिको प्रतीक भन्न सकिन्छ।

※【人権・児童権利活動家によるクマリ制度に関する議論】
ネパールの人権活動家や児童の権利活動家によるクマリ制度に関する議論と圧力は、クマリに対する厳格な統治にいくつかの変化をもたらしました。過去にはクマリは社会生活や環境について適切な教育や知識を与えられていなかった。そのため、クマリの地位を失った後、生き神からただの一般人へと移行することが非常に困難でした。しかし、現在では個人指導者によって教育を受けています。インターネット、書籍、雑誌などのサービスも提供されており、宮殿内で監督の下で国家試験も受けています。生き神としての称号を失った後も、彼女達は政府からの支援を受け続けていると語っています。                     【終わり】

※[मानव तथा बाल अधिकारकर्मीहरूले कुमारी प्रणालीमाथि छलफल ]
नेपालमा मानव अधिकार र बाल अधिकारकर्मीहरूद्वारा कुमारी प्रणालीमाथिको छलफल र दबाबले कुमारीमाथिको कडा शासनमा केही परिवर्तन ल्याएको छ। विगतमा, कुमारीलाई सामाजिक जीवन र वातावरणको बारेमा उचित शिक्षा वा ज्ञान दिइएको थिएन। त्यसैले, कुमारीको हैसियत गुमाएपछि,जीवित देवताबाट साधारण व्यक्ति बन्ने संक्रमण अत्यन्तै कठिन हुन्थ्यो। तर अहिले  निजी प्रशिक्षकहरूले पढाउँछन्। इन्टरनेट, पुस्तक र पत्रिकाहरू आदि जस्ता सेवाहरू पनि प्रदान गरिएको छ , र राष्ट्रिय परीक्षाहरू पनि दरबार भित्रै सुपरिवेक्षणमा लिईएको छ। जीवित देवीको उपाधि गुमाएपछि पनि, पूर्व कुमारीहरूले सरकारबाट समर्थन प्राप्त गरिरहेको बताउँछन्।                                                                   [समाप्त​]

 

kuいきがみ

                                                 【クマリ(生き神)】

                                  抱えられているクマリ

                     【クマリを抱えている様子】