本文
国際交流員コラム2025.5
コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」
テーマ:お食い初め पहिलो खाना
今回は赤ちゃんが生まれて初めて固形食を口にする日をテーマにしました。日本では、百日祝い(お食い初め)は、平安時代のころから続く儀式で、赤ちゃんの口に食べ物を近づけて「食べるまね」をさせるのが伝統的なものだと聞きました。赤飯、汁物、魚などを用意するそうですね。ちなみにネパールではお食い初めのことをアンナプラシャンと言います。「アンナ」は穀物、「プラシャン」は食べさせるを意味するサンスクリット語の言葉です。米の儀式としても知られる、ヒンドゥー教の一般的な行事であるアンナプラシャンは、赤ちゃんの固形食の始まりを告げるものです。民族または、地域によって言い方や祝い方が異なってきます。この儀式に続いて、赤ちゃんの食事に離乳食を徐々に取り入れることができます。アンナプラシャンが行われるまでは母乳以外のものを食べることはできません。ここまでのところ、その行事と祝賀の意味はどの民族も共通です。
यस पटक, विषयवस्तु भनेको बच्चाले पहिलो पटक ठोस खाना खाने दिन हो। मैले सुनेको छु कि जापानमा १०० औं दिनको उत्सव (ओकुइसोमे) हेइयान कालदेखि नै मनाइँदै आएको एक अनुष्ठान रहेछ, र परम्परा भनेको बच्चाको मुख नजिकै खाना राख्नु वा बच्चाले "खाएको जस्तो गराउनु" हो रैछ। यो दिन सेकिहान (*सेकिहान भनेको परम्परागत रूपमा मोची चामल र रातो सिमीबाट बनाइने रातो भात हो। क्षेत्र अनुसार सामग्रीहरू फरक-फरक हुन्छन्। यो प्रायः चाडपर्व र विशेष अवसरहरूमा खाइन्छ।), सुप, माछा, आदि तयार गरिदो रहेछ। नेपालमा चाहि पहिलो भोजन समारोहलाई अन्नप्राशन भनिन्छ। अन्नप्राशन, एक सामान्य हिन्दू पर्व जसलाई भात खुवाई पनि भनिन्छ, बच्चालाई ठोस खानाको परिचय गराउने सुरुवातलाई संकेत गर्दछ। यसलाई भन्ने र मनाउने तरिका जातीय समूह वा क्षेत्र अनुसार फरक हुन्छ। यो विधि पछ्याउँदै, तपाईंले बिस्तारै आफ्नो बच्चाको आहारमा ठोस खानाहरू समावेश गर्न सक्नुहुन्छ। अन्नप्राशन नगरेसम्म आमाको दूध बाहेक अरु केही खान दिदैन। येहा सम्म, सबै जातीय समूहहरूमा कार्यक्रम र उत्सव मनाउने अर्थ उस्तै हो।
この儀式は、女の子の場合は5ヶ月、男の子の場合は6ヶ月で行われます。赤ちゃんにとっての縁起の良い日にちと時間を占星術師に決めてもらいます。それが決まったら、両親は近い親戚や知り合いが出席してお祝いするようにと招待します。アンナプラシャンの儀式は、家族の好みや場所に込める意味合いに応じて、自宅、宴会場などで執り行われます。より多くのゲストを招いて、より豪華な祝賀会を行うために宴会場を選ぶ家族もいます。
यो समारोह केटीहरूको लागि ५ महिनामा र केटाहरूको लागि ६ महिनामा हुन्छ। ज्योतिषीले शुभ मिति र समय निर्धारण गर्दछन। यो निर्णय भएपछि, अभिभावकहरूले नजिकका आफन्तहरू र परिचितहरूलाई उपस्थित हुन र उत्सव मनाउन आमन्त्रित गर्दछन। परिवारको प्राथमिकता र स्थानसँग जोडिएको महत्वमा निर्भर गर्दै, अन्नप्राशन समारोह घरमा वा हलहरुमा गरिन्छ। केही परिवारहरूले धेरै पाहुनाहरूलाई स्वागत गर्न र अझ भव्य तरिकाले मनाउन हलहरूमा गर्छन्।
どの民族にも言えますが、儀式の方法はどの家族も同じというわけではありません。私の家族では、まず赤ちゃんに聖なる沐浴をさせ、伝統的で特別な衣装を着せます。司祭は神様に祈りながら、いくつかの儀式や詠唱を行った後、牛乳と米で作られたお粥を食べさせるのが一般的です。キール(ライスプディング)を食べさせることも多いです。赤ちゃんには、初めての固形食として、シンプルで消化しやすいものが与えられます。まず、家族全員が順番に赤ちゃんに少しずつ食べさせます。儀式に出席している人々は、赤ちゃんにご飯を与えるだけでなく、贈り物や祝福を捧げます。贈り物は通常、お金やベビー用品などです。キールを食べさせる前に、赤ちゃんの額にティカ(米、朱色、ヨーグルトの混合物)を付け、祝福を与えることが重要です。アンナプラシャンの儀式では、金または銀で作られた装飾品(両手足用)を祖父母から孫に贈ることがあります。これらの装飾品には、子供の守護、富、成長、発達を象徴し、悪いものから守ってくれるようにという意味を表しています。儀式を終えたら、全員一緒に美味しい料理を食べ、伝統的な楽器を鳴らし、歌ったり、踊ったりします。
कुनै पनि जातीय समूहको लागि भनिने ,हरेक परिवारमा अनुष्ठान गर्ने तरिका एउटै हुँदैन। मेरो परिवारमा, हामी पहिले बच्चालाई पवित्र जलले स्नान गराउँछौं र विशेष परम्परागत लुगा लगाइदिन्छौं। पुजारीले देवताहरूलाई प्रार्थना गर्दा केही अनुष्ठान र मन्त्रहरू जप्नेछ्न् र त्यसपछि सामान्यतया बच्चालाई दूध र भातबाट बनेको दलिया खुवाउने गरिन्छ। प्रायः खीर खुवाउने पनि गरिन्छ। बच्चाको लागि पहिलो ठोस खाना सरल र पचाउन सजिलो हुने खाना दिहिन्छ। पहिला, परिवारका प्रत्येक सदस्यले पालैपालो बच्चालाई थोरै थोरै मात्रामा खुवाउँछौ। समारोहमा उपस्थित पाहुनाहरूले पनि बच्चालाई खुवाउने मात्र नभएर, उपहार र आशीर्वाद पनि दिहिने गरछन्। उपहारहरू प्रायः पैसा वा बच्चाका सामानहरू जस्ता आदि चिज हुन्छन्। खाना खुवाउनु अघि, बच्चाको निधारमा टीका लगाईदिने र आशीर्वाद दिनु महत्त्वपूर्ण छ। अन्नप्राशन समारोहको समयमा, हजुरबुबा हजुरआमाले आफ्ना नातिनातिनालाई सुन वा चाँदीले बनेको गहना (हात र खुट्टा दुवैका लागि) उपहार दिने गरिएको छ। यी गहनाहरू बालबालिकाको सुरक्षा, धन, वृद्धि र विकासको प्रतीक हुन्, र उनीहरूलाई खराबीबाट जोगाउने अर्थ बुझिन्छ। समारोह पछि, सबैले सँगै स्वादिष्ट खाना खान्छौ, परम्परागत वाद्ययन्त्र बजाई, गाउँने र नाच्ने गर्छौ।
【ティカをつける様子】
【男の子の衣装】
【足用装飾品】 【手用装飾品】